काठमाडौँ । गृह मन्त्रालयले भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएको छ । गृहले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार आज गृहमा भएको छलफलपछि भुक्तानी नगर्ने मिल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको हो ।
प्रवक्ता बुढाका अनुसार इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको हो ।




