समाचार

उखु किसानको माग यथाशीघ्र पूरा गर्न कांग्रेस नेता रामचन्द्र पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानको आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको जनाएका छन् । एक वर्षअघि पनि उखु किसानले आफूले पाउनुपर्ने उखुको मूल्य नपाएको भन्दै काठमाडौंमा आन्दोलन गरेका थिए । त्यसबेला एक वर्षभित्र किसानका पैसा दिइसक्ने चिनी मिलले प्रतिबद्धता जनाएका थिए ।

तर, एक वर्ष बित्दासमेत आफ्नो पैसा नपाएपछि उखु किसान अहिले माइतीघर मण्डलामा जम्मा भएर आन्दोलन गरिरहेका छन् । कांग्रेस नेता पौडेलले उखु किसानको पैसा अविलम्ब दिलाउन सरकारलाई आग्रह गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत पौडेलले त्यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरुको मिलिभगत र लापर्वाहीको शिकार बनेका किसानहरु प्रति पूर्ण सहानुभूति र एेक्यबद्धता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आह्वान गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *