काठमाडौँ । साझा पार्टी र विवेकशील नेपाली दलबीच औपचारिक रुपमा पुनः एकता घोषणा भएको छ ।
बुधबार भर्चुअल कार्यक्रममार्फत साझा र विवेकशील एकीकरण भई विवेकशील साझा पार्टी घोषणा भएको हो । एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन्।
विभाजन भएको २३ महिनापछि साझा र विवेकशील पुनः एकीकरण हुन लागेको हो । २७ पुस ०७५ मा यी दुई दल विभाजन भएका थिए ।
यस्तो छ घोषणापत्रः
https://drive.google.com/file/d/1j8Jefnp88X4EZkc9LZPYRbv8RmSRH1F3/view




