गण्डकी प्रदेश

तनहुँमा हिंसापीडित कोषको स्थापना

तनहुँ । तनहुँको व्यास नगरपालिकाले रु एक लाखको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयाँसम्म कोषबाट सहयोग गर्न सकिने छ ।

आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले बताउनुभयो । कतिपय महिला औषधि उपचार, खान लाउन नपाएको र महिला हिंसाबाट पीडित भएको भनेर आउने गरेकाले सहयोग गर्न उक्त कोष बनाइएको उनले जानकारी दिइन् ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले महिला हिंसा चेतनामूलक कार्यको लागि लाग्ने आवश्यक खर्च नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । हिंसापीडित महिलालाई परामर्श आवश्यक पर्ने हुँदा नगरपालिकाले सहयोग गर्दै जाने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *