समाचार

कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् ।

दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

प्रहरीका अनुसार भक्तपुरबाट काठमाण्डौ जाँदै गरेको बा ८ च ४७५६ नम्बरको कार गएराति पौने १ बजे सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएको थियो ।

कार कसले चलाएको र कति जना थिए भन्ने बारे केही खुलेको छैन ।

मृत्यु भएकी युवतीलाई कारभन्दा बाहिर बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *