बुटवल । बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको छ ।
गैंडाको खाग तस्कर होटेलमा बसेको गोप्य सुराकिको आधारमा छापा मार्न गएका प्रहरीकै पेस्तोल खोसेर तस्कारले गोली चलाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। गोली लागेर एकजना घाइते भएका छन्।
राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको हाे ।
घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ। उनको चिउडोमा गोली लागेको छ। घाइते तस्कर समुह कै एक भएको प्रहरीले जनाएको छ ।
प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना होटलको कोठाबाट हाम फालेर फरार भएका छन्।




