समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ ।महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेसरी न्यौपानेका अनुसार जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेका छन् । बिहान आठ बजेदेखि भएको मतदान अपरान्ह ४ बजे सकिएको हो । अब छलफलमार्फत मतगणना सुरु गर्ने समय तय हुने बताइएको छ ।

एसोसिएट्सतर्फ ९०४, द्धिराष्ट्रियतर्फ ६, वस्तुगत संघहरु १०१ र जिल्ला नगर उद्योग वाणिज्य संघका १०५ जनाले मतदानमा सहभागिता जनाएका थिए । महासंघको साधारणसभाले एक वरिष्ठ उपाध्यक्ष, एक एसोसिएट उपाध्यक्ष, एक वस्तुगत उपाध्यक्ष, एक जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारी सदस्य निर्वाचित गर्ने छ।

यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका शेखर गोल्छा भने महासंघको ५४ औं साधारण सभाबाट स्वतः अध्यक्ष हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *