समाचार

नेकपाको विवाद अक्करमा फलेको फलः कसले टिप्ने कस्ले खाने ?

काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पार्टी एकतापछि तीन वटा समूह स्पष्ट रुपमा देखा पर्यो । सो समूहको नेतृत्व केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव नेपालले गर्दै आए । तीन वटै समूहले आफूहरुलाई पार्टीभित्र शशक्त बलियो रुपमा दावी गर्दै आए । पार्टीभित्र माधव नेपाल समूह सबैभन्दा बढी पेलिएको हेपिएको र चेपिएको अवस्थामा रह्यो । पार्टीभित्र यो समूहले विस्तारै आफ्ना दाह्रा नङ्ग्राहरु सशक्त बनाउदै लगेको अवस्थमा प्रचण्ड समूहसँग सहकार्य गर्ने अवस्थामा आइपुगेको छ ।

यही सहकार्यका कारण पछिल्लो आठ महिनामा तीन पटक विभाजनको संघारमा पुगेको छ । पार्टीभित्रको शीर्ष नेताहरूबीच हुँदै आएको झगडाले पार्टीभित्रको विवाद बल्झिदै आएको छ । संघीय संसदको झण्डै दुईतिहाइ बहुमत भएको पार्टी विवाद र विभाजनकै त्रासमा छ । यसअघि असार र भदौको अन्तिम साता विभाजनको खतराबाट जोगिएको थियो । तर त्यसको केही साता नबित्दै पुनः अहिले पार्टीको शीर्ष तहबाटै पुनः विवाद सुरु भएको छ ।

पार्टी विभाजन निम्त्याउन सक्ने आँकलन गरिएका विवादलाई ओलीले केही कार्ड प्रयोग गरी तत्कालका लागि व्यवस्थापन गर्न सफल भए

यसअघि गत भदौमा दाहालसँग सहमति भएपछि स्थायी समितिको बैठकबाट भएको निर्णयले ओली सरकार पाँच वर्षका लागि सुरक्षित भएको मानिएको थियो । तर त्यो सहमति कार्यान्वयनमा समस्या देखिएपछि कात्तिकको अन्तमा फेरि विवाद बल्झिएको हो । जसले ओलीको संकट झन् बढाउँदै लगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ दुवैको नेतृत्वमा रहेका दुई समानान्तर पक्षमा बाँडिएका नेताहरूबीच विवाद पटक पटक बल्झिरहेको हो ।

यसअघि पार्टी विभाजन निम्त्याउन सक्ने आँकलन गरिएका विवादलाई ओलीले केही कार्ड प्रयोग गरी तत्कालका लागि व्यवस्थापन गर्न सफल भएका थिए । आफू ईतर पक्षमा रहेका केही नेताहरूलाई विश्वासमा लिदै उनले आफ्नो पक्षमा बहुमत बनाएका थिए । जसकारण विभाजनको खतरा टरेका थियो । साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत साथमा लिन सफल भएपछि ओली थप बलियो बनेका थिए । यसअघिका दुई ठुला संकटमा ओलीले विभिन्न प्रलोभन दिदै आएका थिए ।

जसकारण ओली अफ्नो अडानबाट पछाडि हट्ने अवस्था आएको थिएन तर बुधबारको सचिवालय बैठकमा उनी सहभागी हुन बाध्य भए । यसअघि ओलीले परिस्थती अनुसार प्रचण्ड र नेता नेपाललाई सहमतिमा आउन बाध्य पारेका थिए तर ओलीले दिएको प्रलोभनमा अविश्वास गरेकै कारण अहिले कडा टक्कर शुरु भयो । जुन टक्कर अक्करमा फलेको फर्सी जस्तै भएको छ । पछिल्लो समय वामदेव गौतम समेत चिढिएपछि ओली निकै अप्ठेरोमा परेका हुन ।

राष्ट्रपतिको समेत प्रयासमा बामदेवलाई फेरि आफूतिर ल्याएर संकट टार्ने ओलीको बारम्बारको प्रयास समेत विफल भएको छ

आफूलाई अप्ठेरो पर्दा विभिन्न आश्वासन दिएर पार्टी उपाध्यक्ष बामदेव गौतमको साथ सहयोग लिँदै आएका ओलीले लगत्तै त्यसलाई बिर्सदै आएपछि गौतमले ओलीलाई साथ दिन नसकिने बताइसकेका छन् । गौतम पनि आफ्नो स्वभावअनुसार कहिले ओली त कहिले अरु पक्षसँग लागिरहेका छन् । नेकपाको सचिवालयमा नौ जना सदस्य छन् । ओलीको साथमा महासचिव विष्णू पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा मात्रै रहदा वामदेव प्रायः निर्णायक बन्दै आएका छन् ।

प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ अर्कातिर रहदाँ वामदेवलाई ओलीले आफ्नो पक्षमा ल्याउन सफल बन्दै आएका थिए । ओलीले तिनै वामदेवलाई आफूतिर तानेर प्रतिरक्षा गर्दै आए पनि अहिले भने उनले साथ दिएका छैनन् । सोमबारको भेटमा वामदेवले ओलीसँग आफ्ने सहमतिमा प्रचण्डको दस्वतावेज आएको बताएपछि भने ओली निकै झस्किएन मात्रै उनी संकटमै परे । राष्ट्रपतिको समेत प्रयासमा बामदेवलाई फेरि आफूतिर ल्याएर संकट टार्ने ओलीको बारम्बारको प्रयास समेत विफल भएको छ । पूर्वमाओवादी नेताहरुले पनि ओलीलाई साथ दिइरहेका बेला अहिले भने उनीहरुको साथ पनि काम नलाग्ने अवस्थामा पुग्यो ।

यसअघि स्थायी समिति सदस्य लेखराज भट्ट, स्थायी समिति सदस्य तथा सांसदहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र देवेन्द्र पौडेल, सांसद प्रभु साह तथा स्थायी समितिका अर्का सदस्य मणि थापा ओलीलाई हलुका साथ दिइरहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *