कोशी प्रदेश

प्रदेश १ मा हालसम्म १६ हजार कारोना सङ्क्रमित निको भए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन् ।

सो अवधिमा गरिएको ८४७ जनाको पिसिआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेहरुमा मोरङमा ७० मध्ये विराटनगरमा ३७, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा दुई/दुई, इलाम, तेह्रथुम र भोजपुर एक/एक र प्रदेश बाहिरका नौ जना रहेका छन् ।

यसप्रदेशमा आज ६६२ जना सङ्क्रमित सहित अहिलेसम्ममा १६ हजार ४१८ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा हालसम्म एक लाख ७५ हजार ६४९ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ ।

  •  चर्चामा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *