काठमाडौं । सत्तारुढ दल नेकपामा पछिल्ले समय देखिएको विवाद निरुपणका लागि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले भेटघाटलाई बाक्लो बनाएका छन् । यसैबीच बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।
नेकपामा सरकारले गरेको राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा देखिएको विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद देखिएको थियो । जुन अझ सशक्त बन्दै गएको छ ।
बालुवाटारमा अहिले अध्यक्षद्वयबीच सोही विषयमा छलफल हुने स्रोतले जनाएको छ । प्रचण्डले सरकार सञ्चालनमा एकलौटी गरेको, कर्णालीमा विवाद गराएकोलगायत विषयमा ओलीसँग छलफल गर्ने स्रोतको दावी छ ।




