काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
आइतबार अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले कोरोनाबाट संक्रमितको निशुल्क परीक्षण र उपचार गर्न सर्वोच्च अदालतले असोज १५ गते जारी गरेको परमादेशको उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अवेहलनाको निवेदन दर्ता गरेका हुन् ।




