देश

प्रेमिकाको विषयमा विवाद हुँदा भक्तपुर एक भारतीयको हत्या

काठमाडौं । प्रेमीकालाई अपशब्द बोलेको निहुँमा एक भारतीय नागरिकको हत्या भएको छ । भक्तपुर नगरपालिका १ ईटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनलाई सोही कारखानमा कार्यरत अर्का दुई भारतीय नागरिकले नै हत्या गरेका हुन् । शाहीबको हत्यापछि उनीहरुले नर्कटघारीमा शव फालेका थिए ।

महानगरीय प्रहरी भक्तपुरले हत्या अभियोगमा भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई हाल सोही कारखाना बस्ने २३ वर्षीय सलमान खानलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी भक्तपुरका डिएसपी दिपक गिरीका अनुसार शनिबार राति करिब ९ बजे तीन जनासँगै बसेर मदिरा सेवन गरेको र सोही क्रममा सलमानकी प्रेमिकालाई शहीदले अपशब्द प्रयोग गरेपछि कोठामा फर्कने क्रममा खान र अन्सारीले ढुङ्गा तथा इँटाले मुख र टाउकोमा हानेर हत्या गरी नर्कटघारीमा फालेर कोठामा गई सुतेका थिए । दप्रहरीका अनुसार आइतबार बिहानै पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शाहीबको शव पहिचान गरेपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान सोधपुछ गर्दा अपराध स्वीकार गरेका थिए । शाहीबको मुख र टाउकोमा इटा र ढुंगा प्रहारबाट घाइते बनाएर नर्कटघारीमा फ्याकेका पक्राउ परेपछि उनीहरुले स्वीकार गरेका थिए । उनीहरुलाई दशैपछि अदालतबाट समय लिएर थप अनुसन्धान गर्ने र अहिले हिरासतमा राखिएको पनि डिएसपी गिरीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *