सम-सामयिक

सेनाका पृतनापतिहरुको समन्वयात्मक वैठक समापन

काठमाडौँ । जङ्गी अड्डामा सञ्चालन भएको तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक समापन भएको छ ।

उक्त समन्वयात्मक बैठकको क्रममा जङ्गी अड्डाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आ-आफ्नो विभागको जिम्मेवारी सम्बन्धि विषयहरुको कार्य प्रगतिको समिक्षा साथै भर्चुअल सहभागी पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड-१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवं लिनुपर्ने कार्यनीतिहरु सम्बन्धमा सुझावहरु सहितको प्रस्तुतिकरण गरेको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त समन्वयात्मक बैठकको समापन गरेका थिए । समापन मन्तव्य दिदै प्रधानसेनापति थापाले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै सम्मेलनमा भएको प्रस्तुतिकरण र छलफलबाट निस्किएका निचोडहरुले भविष्यको लागि महत्वपुर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए ।

उनले उक्त अवसरमा नेपाली सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालिमा आधारीत बनाउन थप बल पुर्याएको टिप्पणी गर्दै वर्तमान प्रवृत्तिको विश्लेषण र जाडो मौसमका कारण पनि कोभिड-१९ को महामारी बढ्दै जाने पुर्वानुमान अनुसार सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसङ्गको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्नको लागि निर्देशन दिएका थिए ।

उनले यस महामारीको समयमा आफ्नो फौज र तिनका परिवारहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याउन, संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र तिनको हौसला कायम राख्न तथा राख्न लगाउन समेत सबैलाइ निर्देशीत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *