समाचार

बागमती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना

हेटौंडा । प्रदेश प्रहरी कार्यालयले नजिकिँदै गएको दसैँलगायत अन्य चाडपर्वलाई लक्षित गरी थप व्यवस्थित सुरक्षा योजना अघि बढाएको छ ।

दसैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वमा हुन सक्ने सम्भावित चोरी ठगी तथा अपराधिक क्रियाकलापलाई निरुत्साहित पर्ने उद्देश्यले चाडपर्व लक्षित सुरक्षा योजना अघि बढाइएको हो । जसका लागि प्रदेशका १० जिल्ला (काठमाडौं ललितपुर र भक्तपुरबाहेक) प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटलाई चुस्तदुरुस्त बनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय मातहत रहेका सबै जिल्ला प्रहरी कार्यालय, सबै ट्राफिक प्रहरी कार्यालय र दङ्गा प्रहरी गण कार्यालयसहित सबै प्रहरी युनिट शान्ति सुरक्षा कायम गर्न जिम्मेवारी दिइएको छ । प्रदेशका १० वटा जिल्लामा चाडपर्व लक्षित गरी करिब थप ३ सय सुरक्षाकर्मी जिल्ला÷जिल्लामा पठाइसकिएको प्रदेश प्रहरी कार्यालय, बागमतीले जनाएको छ । सबै जिल्ला र आवश्यकताका आधारमा विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापनासमेत गरिएको हो ।

उक्त सुरक्षा योजनाअन्तर्गत चोरी ठगीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण, सार्वजनिक सवारी साधनमा निर्धारित भाडादर लागु भए नभएको अनुगमन, राजमार्गमा हुन सक्ने दुर्घटना न्यूनीकरण र समयमै उद्धार गरिनेजस्ता योजना छन् । बागमती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटमा गरी करिब चार हजार ५ सय सुरक्षाकर्मी कार्यरत रहेको प्रदेश प्रहरी कार्यालय, बागमतीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *