संखुवासभा । चैनपुर नगरपालिका स्थित चैनपुर–पोखरी सडकखण्डको डाँगीगाउमा सडक कालोपत्रे गर्ने क्रममा डिस्टिव्युटर मेशिन ग्यास पड्कदा काम गर्ने एक पुरुष घाइते भएका छन । यसै गरी सोही स्थानमा सोही समयमा पोखरीबाट चैनपुरतर्फ आउँदै गरेको को ३५ प २६६४ नम्बरको स्कुटरले ठक्कर दिँदा एक महिला मजदुर घाइते भएकी छन । दुबै चालक इलाका प्रहरी कार्यालय चैनपुरको नियन्त्रणमा छन ।
सोमबार साझ दुर्घटनामा परेका दुवै घाइतेहरुलाई तत्काल उपचारको लागि चैनपुर स्थित हेल्पीङ हेण्डमा भर्ना गरिएको थियो । विटवीन डिस्टिव्युटर मेसिनको ग्यास पड्कदा सोही मेसिनमा काम गर्ने नुवाकोट निवासी दीपक केसीको देर्वे आँखा छेउमा चोट लागेको छ । उपचारपछि उनी घर फर्केका छन ।
सडक निर्माण कार्यमा व्यस्त रहेका वेला स्कुटरले ठक्कर दिएको घाइते महिला चैनपुर नगरपालिका ४ की सिता खड्काको सामान्य उपचारपछि मनकामना हस्पिटल तुम्लिङटार रिफर गरिएको सडक निर्माण कम्पनीका इन्चार्ज राम प्रसाद यादवले जानकारी दिए । घरभाडामा वस्दै आएका खड्का मजदुई काम गरेर एक छोराको लालनपालन गर्दै आएकी थिइन । घाइते हुँदाथप समस्याभएको दुःखेसो घाइते खड्काले बताउनुभयो ।
बज्रगुरु कम्पनीले चैनपुर पोखरी सडक खण्ड डिविएसटी प्रविधिको कालोपत्रे गर्ने जिम्मापाएको सो सडक खण्ड अन्तिम चरणमा पुगेको छ ।




