कला/साहित्य

अमेरिकी कवियत्री लुइसलाई नोबेल पुरस्कार दिने घोषणा 

एपी । अमेरिकी कवियत्री लुईस ग्लुकलाई साहित्य तर्फको नोवेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । कवितामा पारिवारिक जीवन र मानव हुनुका पिडासम्वन्धी विषयहरुलाई अति प्रभावकारी तरिकाले प्रस्तुत गरिएकाले उनलाई नोवेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । नोवेल पुरस्कार छनौट कमिटिले बिहीबार उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको समाचारमा जनाइको छ ।

नोवेल पुरस्कारको ११२ वर्षीय इतिहासमा नोवेल साहित्य पुरस्कार पाउने उनी १६औ महिला साहित्यकार हुन। न्युयोर्कमा जन्मिनु भएकी ग्लुक अहिले ७७ बर्षको हुनुभएको छ । उहाँ याले विश्वविद्यालयको संकाय सदस्य पनि हुन ।

उनलाई कवितामा मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु कवियत्रीका रुपमा चिनिन्छ ।उनले सन् १९९३ मा द वाईल्ड आईरिसका लागि पुलिट्जर पुरस्कार र सन् २०१४ मा नेस्नल बुक अवार्ड पनि पाएका थिए ।

यस बर्ष नोवेल पुरस्कार घोषणा गर्नेक्रममा चिकित्साशास्त्र, भौतिक शास्त्र र रसायनशास्त्रका विजेताको नाम यसअघि नै घोषणा भइसकेको छ ।साहित्य तर्फको नोवेल पुरस्कार गत बर्ष पोल्याण्डका लेखक ओल्गा तोकाचुक र अस्ट्रियाका नाटककार पिटर हान्क दुवैलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *