समाचार

सुनको मूल्य ओरालो

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँ कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । बिहिबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *