समाचार

कोरोनाबाट सप्तरीमा थप एक पुरुषको मृत्यु

सप्तरी । विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालको आइसियूमा कक्षमा उपचाररत ती पुरुषको आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए।

उनका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गाैला रोगको समस्या रहेको थियो । कोरानाबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या १६ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *