समाचार

गोठ भत्किएर मृत्यु

पाल्पा । जिल्लाको रिब्दिकोट गाउँपालिका – ७ डबकामा गोठ भत्किँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ५५ वर्षीय हरी लम्तरी रहेका स्थानीय यादव गहतराजले जानकारी दिए । गोठले च्यापिएर सोही स्थानका ५२ वर्षीय अमर पेमी घाइते भएका छन् । स्थानीय डिल बहादुर विकको गोठ मर्मत गर्ने क्रममा भत्केको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *