देश

२४ घण्टामा १५ सय ७३ संक्रमित थपिए, १० को मृत्यु (अपडेटसहित)

काठमाडौं । २४ घण्टामा ४८ जिल्लामा १५ सय ७३ जना कोरोना संक्रमित थपिएका छन । १० हजार १ सय ३२ जनाको पीसीआर परिक्षण गर्दा १५ सय ७३ जनामा कोरोना पुष्टि भएको हो । आज ५२४ जना पुरुष र १०४९ जना महिला संक्रमित भएका छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण मुक्त भएर बुधबार ८८५ जना निको भएका छन । अहिलेसम्म ५३ हजार ८ सय ९८ संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ७३.४ प्रतिशत छ ।

१९ हजार १९ सक्रिय संक्रमित मध्ये १० हाजार ६ सय ९८ होम आईसोलेशनमा ८ हजार ३ सय २१ संक्रमित संस्थागत आइशोलेशनमा छन । क्वारेन्टाइनमा ६ हजार २ सय ८१ संक्रमित छन । नेपालमा पीसीआर विधिबाट ९ लाख ८८ हजार २२७ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले आफनो वेभसाइडमा उल्लेख गरेको छ ।

मोरङ, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी छ । मनाङ, मुस्ताङ,म्याग्दी, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना मुक्त बनेका छन ।

आईसीयुमा २२५ र भेन्टिलेटमा ३३ जना संक्रमित उपचाररत छन । गत २४ घण्टामा १० जना कोरोना संक्रमित पुरुषले ज्यान गुमाएका छन । नेपालमा कोरोना संक्रमणबा ४७७ जनाले ज्यान गुमाइसकेका छन । नेपालमा मृत्युदर ०.६५ प्रतिशत छ ।

कुन जिल्लामा कति ? (विवरणसहित)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *