समाचार

गण्डकीमा थपिए १५ जना कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ ।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का ११, पर्वतका दुई तथा स्याङ्जा र लमजुङका एक/एक जना छन् । पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको तथा ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सो अवधिमा एकको मृत्यु, चार जना निको भएको तथा ८५ जनामा पुनः पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *