काठमाडौं । २४ घण्टामा १४ हजार ५४ जना कोरोना संक्रमित थपिएका छन । १० हजार ७ सय १ जनाको पीसीआर परिक्षण गर्दा १४५४ जनामा कोरोना पुष्टि भएको हो । आज ४६३ जना पुरुष र ९९१ जना महिला संक्रमित भएका छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो दैनिक संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।
कोरोना संक्रमण मुक्त भएर बुधबार ९७२ जना घर पर्किएका छन । अहिलेसम्म ३६ हजार ६ सय ७२ संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ७०.६ प्रतिशत छ ।
१४ हजार ९ सय २५ सक्रिय संक्रमित मध्ये ६ हाजार ६ सय ३४ होम आईसोलेशनमा ८ हजार २ सय ९१ संक्रमित संस्थागत आइशोलेशनमा छन । क्वारेन्टाइनमा ६ हजार ७८ संक्रमित छन ।
नेपालमा पीसीआर विधिबाट ८ लाख २१ हजार ८१६ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले आफनो वेभसाइडमा उल्लेख गरेको छ ।
काठमाडौंमा ६२०,ललितपुरमा ३८ भक्तपुरमा ३८ जना संक्रमित थपिएका छन । उपत्यकामा दैनिक संक्रमितको संख्या बद्नेक्रम जारी छ ।
सुनसरी, काठमाडौं, चितवन, सर्लाही र रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी छ । सोलु, मनाङ, मुस्ताङ,म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना मुक्त बनेका छन ।
आईसीयुमा १७० र भेन्टिलेटमा २५ जना संक्रमित उपचाररत छन ।
गत २४ घण्टामा ५ जना संक्रमितले ज्यान गुमाएका छन । जसमध्ये १ महिला र ४ पुरुष छन । नेपालमा कोरोना संक्रमणबा ३२२ जनाले ज्यान गुमाइसकेका छन । नेपालमा मृत्युदर ०.६२ प्रतिशत छ ।




