काठमाडौं।नेपालमा कोराना संक्रमणबाट मृत्यू हुनेको संख्या १४९ पुगेको छ । २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीय महिला र सर्लाहीकी ३३ वर्षीया युवतिको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोना संक्रमितको मृत्युदर ०.४७ प्रतिशत छ । यस अघि शुक्रबार ११ जना र शनिबार ९ जना संक्रमितको निधन भएको थियो ।




