विश्व

बिमाका लागि दश लाख भन्दा बढीको निवेदन  

एएनआई । कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बिमाका लागि आवेदन दिनेहरुको संख्यामा पनि बृद्धि भएको छ ।  कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरु बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बिमाका लागि निवेदन दिनु परेको हो ।
अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दै गएको छ भने मुलुककै आर्थिक अवस्थामा समेत असर पर्न थालेको छ । गत हप्ता अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख मानिसले बेरोजगार बिमाका लागि निवेदन दिएको समाचार वासिङ्टन पोष्टले लेखेको छ ।
यसअघि अघिल्लो हप्ता नौ लाख ७० हजारभन्दा बढीले निवेदन दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *