काठमाडौं ।सरकारले निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण दर निरन्तर बढ्दै गएपछि सरकारले नीजि अस्पतालमा कोरोनाका विरामी उपचार गराउने र त्यहाँ लागेको न्यूनतम खर्च सरकारले व्यहोर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ । अस्पताल भरिभराउ हुने सम्भावना भएकाले बिरामीको उपचारका लागि निजी अस्पतालमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । काठमाडौ उपत्यकामा संक्रमणको दर बढेसँगै सरकारले यस्तो निर्णय गरेको हो ।




