समाचार

कोरोना संक्रमणले आज ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पर्साको नारायणी कोरोना अस्पतालमा गरी पछिल्लो पटक चार जना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो । उनी साउन २१ गतेदेखि सो अस्पतालमा उपचाररत थिइन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्की कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बुढीगंगा २ बस्ने ६७ वर्षीया महिला रहेकी छिन् ।

त्यस्तै वीरगन्जको नारायणी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ४ विर्ता का ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *