मनोरञ्जन

राष्ट्रिय झन्डा जलाएको अभियोगमा गायक ग्याल्जेन पक्राउ

काठमाडौं । राष्ट्रिय झन्डा जलाएको अभियोगमा प्रहरीले ६ जना पक्राउ गरेको छ । मकवानपुरको एक विद्यालयमा छायांकन गरिएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्‍न गायक ग्लालेन दोर्जे तामाङसहित जना पक्राउ परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी)को टोलीले गायक तामाङलाई कीर्तिपुरबाट पक्राउ गरिएको हो । त्यसमध्येका एक जना क्यामेरामेनलाई हिजो पक्राउ गरिएको हो भने अन्यलाई आज विहानै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय झन्‍डा जलाएको गीतसहितको भिडियो मंगोल ग्याल्ज ली एन्ड एटीएमको शब्द तथा स्वर रहेको र्‍याप मंगोल होप अफिसियल नामक च्यानलमार्फत सार्वजनिक गरिएको थियो । प्रहरीले मूख्य व्यक्ति गायक तामाङ भएकाले उनको खोजि गरिरहेको थियो । उनलाई आज विहान किर्तिपुरबाट नियन्त्रणमा लिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *