बागमती प्रदेश

गाउँपालिका अध्यक्ष शेर्पाले नेकपाका दुई दर्जन बढी कार्यकर्ता कांग्रेसमा भित्र्याए

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो शेर्पाले नेकपाका दर्जनौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गराएका छन । सत्तारुढ दलको व्यवहारबाट आजित भएका नेकपाका कार्यकर्ताहरु विकासप्रेमी नेता शेर्पाको कार्यशैली र नेपाली कांग्रेसको आदर्श र सिद्धान्तबाट प्रभावित भएर कांग्रेस प्रबेश गरेको बताएका छन ।
वर्षपछिको सम्भावति जोखिम र क्षतिको अवस्था अवलोक गर्न वडा नम्बर ७ पुगेको शेर्पाको टोलीसंग पतिङ्ग कतुङ्गटोलका नेकपाका नेता तथा कार्यकर्ताले कांग्रेस प्रवेश गर्ने इच्छा जाहेर गरेपछि उनीहरुलाई खादा ओढाएर अध्यक्ष शेर्पाले कांग्रेसमा स्वात गरेका हुन ।
शेर्पाले मंगले तामाङ, सञ्चमान तामाङ, सुरेश तामाङ, राम सिंह तामाङ, कुल बहादुर तामाङ, पासाङ तामाङ, ज्ञान बहादुर तामाङ, जीत बहादुर तामाङ, सुकुमान तामाङ, रुपलाल तामाङ, ग्याल्वो तामाङ, बुद्धिमान तामाङ, अर्जुन तामाङ, मान सिंह तामाङ, रेन्पाल तामाङलगायतका नेता तथा कार्यकर्तालाइ का‌ग्रेस प्रवेश गराएका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *