देश

कारोना भाइरसको महामारी नियन्त्रण गर्न बानियाँले दिए वाड कार्यालयलाई ६ बुँदे सुझाव

काठमाडौं । नेपाली कांग्रेस ललितपुर महानगरपालिका वडा नम्बर २३ का वडा इकाइ सभापति कुमार बानियाँले कोरोना भाइरसको महामारी नियन्त्रणमा गम्भीर बन्न वाड कार्यालयलको ध्यानाकर्षण गराएका छन । इकाई सभापति बानियाले माहामारी नियन्त्रण गर्न महानगरको २३ नम्बर वडालाई ६ बुँदे सुझावसहित ध्यानकर्षण गराएका हुन । कोरोना भाइरसको महामारीबाट वडाबासीलाई बचाइ कोरोनामुक्त वडा बनाउन बानियाँले वाड कार्यालयको ध्यानाकर्षण गराउदै आएका छन ।

यस्ता छन बानियाँले वाड कार्यालयको ध्यानाकर्षण गराउदै दिएका ६ बुँदे सुझाव

१.ललितपुर महानगरपालिका वडा नं २३,धापाखेलमा कोरोना संक्रमन समुदाय स्तरमा फैलिने खतरा भएकाले टोल सुधार समिति र घर धनीले यस वडा भित्र प्रबेश गर्ने अपरिचित तथा घरभाडामा बस्ने ब्यक्तिहरुको आवगमनमा आवस्यक निगरानी गर्ने,गराउने र सेल्फ क्वारेन्टाइनको ब्यवस्थापन गर्ने रगराउन बानियाँको सुझाव छ ।

२.सार्वजनिक स्थलमा भेला भई अनावस्यक भिडभाड हुने गतिविधि सञ्चालनमा रोक लगाउने र बिना काम जम्मा भएको पाईएमा संक्रमक रोग ऐन बमोजिम कारबाही गर्न, गराउन बानियाले सुझाव दिएका छन ।
३.घरबाहिर निस्कनु पर्ने अवस्थामा पूर्ण रूपमा मास्कको प्रयोग गर्न लगाउने नगरेमा जरिवाना गराउन वडा कार्यालयको ध्यानाकर्षण गराएका छन ।

४.ब्यापारीक क्षेत्रहरु जस्तै किराना पसल,चिया खाजा होटल,रेष्टुरेन्ट ,कपाल काट्ने पसल,मासु पसल,तरकारी तथा फलफुल पसल आदि अन्य पसल तथा क्षेत्रमा मानिसको बढी भिडभाड हुने ठाउमा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकोले बिहान र बेलुका सिमित मापदण्ड अनुसार समयावधि तोकि ब्यवसाय संचालन गराउन बानियाको सुझाव छ ।

५.बैंक तथा बित्तिय संस्थाहरुलाई उपयुुक्त सेवा समय तय गरि संचालन गराउ उनको सुझाव छ ।

६.वडा कार्यालयबाट नियमित रूपमा अनुगमन गर्ने यदि उल्लेखित नियमहरु लाई बेवास्ता गरेको पाएमा घरधनी,ब्यवसायी वा संस्थालाई जरिवाना दस्तुर सहित कम्तीमा एक हप्ता ( ७ दिन ) तालाबन्दी गरिदिने वा प्रचलित कानुन बमोजिम कारबाही गर्न गराउन बानियाले वाड कार्यालयको ध्यानाकर्षण गराएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *