कृष्णनगर । सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुले भारतबाट अबैध रुपमा भित्राईएको साढे २४ लाख भारतिय रकम बरामद गरेको छ । कृष्णनगर नगरपालिका-१ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व ड्युटीमा रहेको सशस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान पौने ५ बजे सो रकम बरामद गरेको हो ।
सशस्त्रको पाल ड्युटी रहेको बाटोमा भारत हुदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाईजर र औषधीको पोकामा लुकाएर सो रकम ल्याएका थिए । दशगजा भन्दा ५० मिटर भित्र नेपाली भुभागमा सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा.कपिलबस्तुबाट खटीएको टोलीले जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालि वडा नं.१ स्थित लक्ष्मी राईस मिल (सेमरा) को पछाडी चेकजाँच गर्ने क्रममा उक्त टोलीलाई देखि भारत बाट नेपाल तर्फ आउदै गरेको ब्यक्तिले झोला फाली भागे ।
तर सशस्त्रको टोलीले शंका लागी झोलामा हेर्न थाले पछि ति व्यक्ती रकमको झोला छोडेर भारत तर्फ फरार भएको र पश्चात स्थानीय, पत्रकार, स्थानिय प्रतिनिधिहरुको साक्षी तथा रोहबरमा झोला खोली हेर्दा भारतिय रुपैया रु.५०० को ४९०० थान (२४,५०,०००।- भा.रु.) (नेपाली रु.३९,२०,०००।-) र ४२ पत्ता सुगरको औषधी समेत फेला परेको हुँदा पैसा सम्बन्धित निकायमा बुझाउने र औषधी नष्ट गर्नको लागी गुल्ममा ल्याई राखिएको जानकारी
सशस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशीलकुमार शाहीले जानकारी दिए । बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी (नेपाली रु ३९ लाख २० हजार) रहेको शाहीले बताए । बरामद रकम आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाईने जनाईएको छ ।




