देश

भारतबाट स्थलमार्ग हुँदै नेपाल कुन-कुन नाकाबाट आउन पाइन्छ ?

काठमाडाैं। सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल आउनका लागि १० सीमा नाका तोकेको छ । यसअघि २० वटा नाका तोकिएको १० वटा मात्र सीमित गरेको मन्त्री डा खतिवडाले जानकारी दिए। उनका अनुसार काकँडभित्ता (झापा), रानी (मोरङ), माडर (सिराहा), गौर (रौतहट), वीरगञ्ज (पर्सा), बेलहिया (रुपन्देही), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली) र गड्डाचौकी (कञ्चनपुर) रहेका छन् । कोभिड–१९ को विश्वव्यापाी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्न ती नाका तोकिएका हुन् ।

ती नाकाबाट आउने व्यक्तिहरूको अभिलेख प्रदेश सरकारका समन्वय र नेपाली सेनाको सहयोगमा सम्बन्धित जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले राखि ति व्यक्तिलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नेछ । यस्तै भारततर्फको सीमावर्ती क्षेत्रमा रहेका वस्ती एवं बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिरहेका अवस्थालाई मध्य नजर गर्दै नेपाल–भारत सीमाबाट नेपाल प्रवेश गर्न तोकिएका १० नाकाबाहेक अन्यत्र कुनै पनि स्थानबाट दैनिक रूपमा किनमेलका लागि आवतजावत गर्न, उद्योगका लागि कुनै पनि प्रकारको जनशक्ति र कामदार ल्याउन एवं कुनै पनि प्रकारको आवतजावत हुन नदिने व्यवस्था सम्बन्धित जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले मिलाउने जिम्मा दिइएको मन्त्र डा खतिवडाले दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *