समाचार

सिन्धुपाल्चोक कोरोनामुक्त

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला तत्काललाई कोरोना मुक्त भएको छ । सिन्धुपाल्चोकमा हालसम्म ६५ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिनुभयो ।

आइसोलेसनमा रहेका सबै बिरामी घर फर्किएपछि तत्काललाई सिन्धुपाल्चोक कोरोना मुक्त भएको हो । संक्रमितमध्ये ६३ जनाले कोरोना जितेको प्रमुख चापागाईले बताउनुभयो । संक्रमितमध्ये दुई जनाको मृत्यु भएको थियो ।

शुन्य संक्रमणको अवस्था भएपनि पुनः संक्रमण देखिन सक्ने जोखिम कायम नै रहेकाले थप सचेतना अपनाउदै सामाजिक दुरी कायम राख्न उहाँले सुझाउनु भएको छ । कोरोनाबाट नेपालमा पहिलो मृत्यु सिन्धुपाल्चोकमा भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *