कृष्णनगर । कपिलवस्तु जिल्लामा अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपानेको कमाण्डमा खटिएको गाडी मोबाइल टोलीले अबैध कुखुराको चल्ला बरामद गरेको छ। भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेकोमा कृष्णनगर नगरपालिका–६ भिल्मीबाट ५ हजार ९ सय ८१ गोटा चल्ला बरामद गरेको हो।
बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका–३ अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्मको पछाडि खाली जग्गामा खाल्डो खनी पशु क्वारेनटाइनका प्रतिनिधि, सशस्त्र प्रहरी, पत्रकार, आदिको उपस्थितिमा उक्त चल्ला नष्ट गरिएको छ। जस्को अनुमानित मुल्य ४ लाख ४८ हजार ५७५ रुपयासम्म पर्ने कुरा सोही गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिलकुमार शाहीले जानकारी दिए ।
आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार, न्याय प्रेमी र समकक्षी सुरक्षा निकायहरुसंग समेत निरन्तर छलफल र संवाद गरी सीमा सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशीलकुमार शाहीले जानकारी दिए ।




