मुख्य समाचार

मोरङमा एकै दिन २२ जनामा सङ्क्रमण देखियो  

काठमाडाैं । प्रदेश नं १ मा आज ३१ जनामा सङ्कमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २२ र इलाममा नौ जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको विराटनगरका तीन महिलासहित २२, इलामको इलाम नगरपालिकामा आठ र माईमा एक जनामा पोजेटिभ देखिएको छ । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ९२२ पुगेको छ । यस्तै प्रदेशमा आज १२ जना सङ्क्रमितहरु निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत आठ महिलासहित १२ जना घर फर्केका छन् ।

प्रदेशमा निको भई घर फर्कने सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *