समाचार

झापाको कमलधाप सिमसारमा डुबेर ३ बालकको मृत्यु

विर्तामोड । झापा भद्रपुरको निर्माणाधीन कमलधाप सिमासर क्षेत्रमा डुबेर तीन बालकको मृत्यु भएको छ । कमलधाप सिमसार क्षेत्र भद्रपुर नगरपालिकाको २ नम्बर वडामा पर्छ । सीमसार क्षेत्रमा माछा मार्न गएका बालकहरुको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका २ बस्ने अनिल तामाङका छोरा अंशु तामाङ (१०) रहेका छन् । सीमसारमा डुबेका तामाङका शव हिजो फेला परेको हो । सिमसारमै डुबेका अन्य दुई बालक पनि आज विहान मृत अवस्थामा फेला परेका हुन । मृत अवस्थामा भेटिनेमा झापा गरामनी १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामी रहेका छन् ।

उनीहरु केही महिनादेखि भद्रपुरस्थित मामाघरमा बस्दै आएका थिए । सीमसार निर्माणका लागि ठेकेदारले खाल्डो बनाएर छाडेका कारण बालबालिकाको डुवेको स्थानीयले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *