देश

शैलेश थापा क्षेत्रीले लगाए आईजीपीको फूली

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक (आईजीपींमा बढुवा भएका शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । गृह मन्त्रालयमा बिहीवार आयोजित एक विशेष समारोहका बीच गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । ३० वर्ष सेवा अवधि पूरा गरी निवर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली बुधबारबाट सेवा निवृत्त भएपछि क्षत्री नयाँ आईजीपी बनेका हुन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गरे । प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले नागरिकमैत्री व्यवहार हुनुपर्नेमा उनले जोड दिए । अपराध अनुसन्धानमा शून्य सहनशीलता अपनाउन प्रहरी अधिकृतलाई न्यौपानेले निर्देश न दिए ।

नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताए । कानूनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने उनले बताए । प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ थियो । प्रहरी समायोजनलाई सही निष्कर्षमा पु¥याउनेसमेत क्षेत्रीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *