देश

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो ।

आयोगले प्रमाणपत्र लिन जनता समाजवादी पार्टीलाई शुक्रबार बोलाएको छ । आयोगले बुधबार दल दर्ता गर्ने निर्णय गरेको थियो । दल दर्ता भएको कुरा अब राजपत्रमा प्रकाशन गरिनेछ । दुवै पार्टीबीच गत वैशाख १० गते राति एकता भए पछि वैशाख ११ गते दल दर्ताका लागि निवेदन दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *