देश

खराब मौसमका कारण सभामुख सापकोटा बीचबाटै फर्किए

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको बाढीका कारण जनधनको क्षति भएपछि अवलोकनका लागि हेलिकप्टरमा त्यसतर्फ गएका सभामुख अग्नीप्रसाद सापकोटा खराब मौसमका कारण काठमाडौँ नै फर्केका छन् ।

बिहीबार बिहानै हेलिकोप्टरमा घटनास्थलतर्फ गएको सभामुखसहितको टोली बीचबाटै फर्किन बाध्य भएको हो । मौसममा सुधार नआएपछि सभामुखलगायत चढेको हेलिकप्टर काभ्रेको धुलिखेलबाटै फर्किएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले बताए ।

सापकोटा बिहान नौ बजे बाह्रबिसेका लागि हेलिकप्टरमा उडेका थिए । मौसममा सुधार आएपछि सापकोटासहितको टोली बाढी प्रभावित क्षेत्रमा जाने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *