मुख्य समाचार

कोरोना भाइरस हावाबाट सर्नेबारे अध्ययन गर्दैछौँ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस हावाबाट सर्नेबारे अध्ययन भइरहेको जनाएको छ । यसबारे संगठनले प्रमाणहरु जुटाइरहेको छ । संसारभरिका वैज्ञानिकले श्वासप्रश्वाससम्बन्धी रोग कसरी सर्छ भन्नेबारे डब्लुएचओको निर्देशिका अध्यावधिक गर्न आग्रह गरेका छन् । डब्लुएचओका अधिकारीहरू हावाका माध्यमबाट पनि कोरोना भाइरस सर्न सक्ने सम्भावना रहेको बताउँछन् ।सम्भावनाबारे अध्ययन अनुसन्धान भइरहेको डब्लुएचओको कोरोना भाइरस रेस्पोन्सकी प्राविधिक प्रमुख मारिया भान केर्खोभले भनिन्। यसअघि ३२ देशका २३९ वैज्ञानिकले हावामा रहेका भाइरस मानिसमा कोरोना भाइरस सर्न सक्नेबारे डब्लुएचओको ध्यानाकर्षण गराएका थिए ।यसबारे बहस भइरहेको छ । संक्रमण रोकथाम र नियन्त्रणसम्बन्धी डब्लुएचओका प्राविधिक प्रमुख बेनेडेटा अलेगरान्जीले हावाबाट कोरोना भाइरस सर्ने प्रमाणित नभएको बताए । भीडभाड, बन्द कोठा र हावा कम आउजाउ हुने ठाउँमा कोरोना भाइरस सर्न सक्ने सम्भावना रहेको डब्लुएचओले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *