एजेन्सी । सन् २०२१ मा अष्ट्रेलियामा आयोजना गर्ने भनिएको टी २० विश्वकप क्रिकेटबारे अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को शुक्रबार बस्ने बैठकले निर्णय गर्ने भएको छ । कोरोना भाइरसका कारण उक्त प्रतियोगिता हुनेबारे अन्योल रहेको थियो । कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण सो प्रतियोगिता स्थगित हुन सक्ने विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । आइसीसी बैठकले टी २० विश्वकपको नयाँ मिती तय गर्नेबारे पनि अनुमान गर्न गाह्रो छ । भारतले सन् २०२१ मै विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । दुवै प्रतियोगिता एकै वर्ष हुने सम्भावना न्यून छ । यसैबीच अष्ट्रेलियाले आगामी सेप्टेम्बरमा खेल्ने बेलायतसितको एकदिवसिय सिरीजबारे पनि अन्योल नै छ । भारतले लामो समयदेखि आयोजना गर्दै आएको इन्डियन प्रिमियर लिग (आइपीएल) पनि विदेशी भूमीमा गर्नेबारे छलफल गरिँदै छ ।




