कोशी प्रदेश

मिडिया उद्यमी अधिकारीले कैदीबन्दीलाई पङ्खा उपलब्ध गराए

खाँदबारी। मिडिया उद्यमी पदमबहादुर अधिकारीले जिल्ला कारागारका कैदीबन्दीलाई तीन थान पङ्खा उपलब्ध गराएका छन् । आफ्नो ४४आँै जन्मदिनका अवसरमा अधिकारीले कारागारका कैदी तथा बन्दीका लागि पङ्खा उपलव्ध गराएका हुन

गर्मीमा सानो भवन र कोचाकोच गरेर कैदीबन्दी बसेको थाहा पाएपछि जन्मदिनमा गरिने खर्च काटेर पङ्खा उपलब्ध गराएको उँनकोे भनाइ छ । पत्रकार अधिकारीले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यमार्फत कैदीबन्दीलाई कारागार कार्यालय पुगेर आज पङ्खा हस्तान्तरण गरे ।

प्रजिअ आचार्यले सानो सहयोगले कैदीबन्दीलाई गर्मीको समयमा ठूलो फाइदा पुगेको बताए। कारागारका जेलर विनोद अधिकारीले समाचार सङ्कलनमा खटिएका क्रियाशील पत्रकारको यो काम सराहनीय भएको बताउँदै महिला र पुरुष कैदीबन्दीलाई गर्मीयाममा राहत मिलेको पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *