कोशी प्रदेश

उदयपुरमा जंगली हात्तीको आतंक

उदयपुर । उदयपुरमा जंगली हात्तीको आतंक बढेक‍ो छ । बेलका नगरपालिका – ३ र ८ का किसानका घर भत्काउने र अन्न बालि नष्ट गरेको ईलाका प्रहरी कार्यलय रामपसरले जानकारी दिएको छ ।
  प्रहरीका अनुसार बेलका – ३ एबिसि टप्पुकाेे हेमन्त राई , धनकुमारी राई ,बखानसिंह राई र दल बहादुर राईको घर पूर्ण रुपमा क्षति पुर्यायक‍ो छ । त्यस्तै अरु १४ घरलाइ क्षति पुर्याउनुका साथै ब्याडमा रहेको धानको बिऊ र बारिमा रहेको मकै तथा तरकारी बाली नष्ट गरेको बताए ।
   बेलका – ८ सेती खोलामा पनि दलबहादुर कार्कीको घर लगायत १७ घर क्षति गर्नुका साथै ५० बिगा भन्दा बढी जमिनमा लगाइएको मकै बालि र धान को ब्याड नष्ट हुदा किसान चिन्तित बनेका हुन ।
 प्राय हिउद र बर्षाद बर्षमा २ पटक जंगली हात्तीले बस्तिमा आतंक मच्चाउने गरेको स्थानीयवासी को गुनासो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *