उदयपुर । कोभिड – १९ बिशेष अस्पताल बेलटारलाई नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाले त्यहा उपचाररत संक्रमित महिला तथा प्राबिधिक हरुका लागि अति आबश्यकीय सामाग्रि उपलब्ध गराएको छ ।
चौदण्डी गढी नगर प्रमुख खगेन्द्र राईलाई नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति बिनोद बस्नेत र म न्त्री सुबास श्रेष्ठद्वारा हस्तान्तरण गरिएका सामाग्रीमा महिलाका लागि डिगनिटी किट २५ थान र केहि आबसिय टेन्ट रहेका छन ।
रेडक्रस शाखा उदयपुरलाई डिगनिटी कीट युएनएफपिए अस्ट्रेलियाको सहयो र आबशिय टेन्ट रेडक्रस केन्द्रीय कार्यलय बाट उपलब्ध भएको सभापति बस्नेतले बताए ।
यसअघि पनि कोभिड अस्पताल बेलटारलाई १५ झुल , २५ कम्बल , १५ बाल्टिन , १ सय ५० पिस साबुन र ५ आबसिय टेन्ट उपलब्ध गराएको जगर स्वास्थ्य उप संयोजक तेज बहादुर पोखरेलले जानकारी दिए ।
किशाेरीका लागि आवश्यक स्वास्थ्य सामाग्रि र अस्पताल क्षेत्रको सरसफाइ सुध्द पिउने पानीका लागि आवश्यक उपकरण तथा सामाग्री उपलब्ध गराइने मन्त्री सुबास श्रेष्टले जानकारी दिए ।
उदयपुर कोभिड -१९ बिशेष अस्पताल बेलटारमा १८ जना मध्ये ८ जना १० , १२ , १७ , २५ , ३० , ३७ , ४० र ५३ उमेर समुहका ८ जना कोरोना संक्रमित महिला उपचाररत छन । रुघा खोकी , टाउको तथा घाँटी दुख्ने बाहेक सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताए ।




