शिक्षा / स्वास्थ्य

संखुवासभा तमू समाज हंगकंगद्वारा मृगौला पीडित घलेलाई आर्थिक सहयोग

काठमाडाैं। संखुवासभा तमू समाज हंगकंगले मृगौला पीडित विरामीलाई आर्थिक सहयोग गरेको छ ।
खाँदबारी ५ लेलुवाका मृगौला पीडित कर्ण घलेलाई संखुवासभा तमू समाज, हंगकंगले शनिवार आर्थिक सहयोग गरेको हाे  ।
दुबै मृगौला ख़राब भई शिक्षण अस्पताल, महाराजगन्जमा उपचार गराइरहेको घलेलाई हंगकंगका प्रतिनिधि तथा समाजका पूर्ब अध्यक्ष धिरज गुरुङले ५ लाख ७५ हजार ९ सय  रुपैंया हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बाबुराम गुरुङ, डम्बरसिंह गुरुङ, रामचन्द्र गुरुङ, नारायण गुरुङ लगायतको उपस्थिति रहेको थियो । संखुवासभा तमू समाज सेवा समिति, काठमाडौको लिखित अनुरोधमा उक्त रकम संकलन गरिएको उपाध्यक्ष बाबुराम गुरुङले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *