काठमाडौं । आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४३ सेकेण्ड लामो टिजर सस्पेन्स र थ्रिलर शैलीमा तयार छ । अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो ।
फिल्ममा स्वस्तिमा खड्का र अर्पण थापा, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको फिल्ममा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । अष्ट महर्जनले फिल्मको एक्सन सिनको कोरियोग्राफी गरेका हुन् ।
https://youtu.be/ZMmNPIWAU6g




