मनोरञ्जन

मिसेस हेरिटेज इन्टरनेशनल नेपाल बिसुराल सम्मानित

काठमाडौं । ‘मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०१९’की विजेता दुर्गा बिसुराल ‘युवा अभिप्रेरण उत्प्रेरक सम्मान २०२०’ सम्मानित भएकी छन् । अर्थ एबंम् संचार, सुचना तथा प्रबिधि मन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय सभाकी सांसद कोमल वली लगायतले उनलाई सो सम्मान प्रदान गरेका थिए ।

जनचेतना नेपालद्धारा राजधानीको भृकुटी मण्डप स्थित प्रर्यटन बोडको सभा हलमा आयोजिक युवा अभिप्रेरण उत्प्रेरक सम्मान तथा जनचेतना नेपालको छैठो बार्षिक उत्सवमा बिसुरालले समाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

कृषी, पर्यटन, शिक्षा, स्वस्थ्य एवं प्रर्याबरण संरक्षण अभिनयनसँग सम्बन्धित अभियान्ताहरुको उपस्थिती रहेको कार्यक्रमको उदेश्य युवा अभिप्रेरणा कार्यक्रमबाट बिकाश साझेदारी गर्नु रहेको आयोजकले बताएको छ ।
सम्मानले समाज प्रति आफुलाई थप जिम्बेवार बनाउदै अझ राम्रो काम गर्न हौसला र प्रेरणा प्रदान गरेको विसुराले बताइन् ।

इप्लनेट प्रालीको आयोजना रहेको सिंगापुरमा सम्पन्न कार्यक्रम मिसेस हेरिटेज २०१९मा बिसुरालले नेपालको प्रतिनिधित्व समेत गरेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *