कोशी प्रदेश

दुई रेडक्रसकर्मी सम्मानित

संखुवासभा।नेपाल रेडक्रस सोसाइटी उपशाखा चैनपुरद्वारा आयोजित २२ औँ साधारणसभा सम्पन्न भएको छ ।

चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका नेता उमेशकुमार डाँगी,कांग्रेसका नेता राजेन्द्रबहादुर राउतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रमममा रेडक्रस अभियन्ताहरु¸सूर्यबहादुर दाहाल¸गोपाल गौतम लगायत वक्ताहरुले रेडक्रशका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा रेडक्रस अभियन्ताहरु चैनपुर ६ निवासी सुमन ताम्राकार¸ चैनपुर वडा नं. ७ निवासी मोहनबहादुर अधिकारीलाई सम्मान समेत गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *