शिक्षा / स्वास्थ्य

शारदा मावि पोखरीको ६३ औं वार्षिकोत्सव समारोह सम्पन्न

चैनपुर। शारदा मावि पोखरीको ६३ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरेर भब्य रुपमा वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै संघीय सांसद राजेन्द्रप्रसाद गौतमले प्राविधिक शिक्षाको माध्यमबाट मात्र देशले सम्मृद्धि ल्याउने धारणा राखेका थिए ।
यसैगरी कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीले नगरका सबै विद्यालयहरुको विषयमा विद्यालयको शैक्षिक सुधार र स्तर उन्नतीका लागि आफू प्रतिवद्ध भएर लाग्ने बताएका थिए ।
कार्यक्रममा नेकपाका नेता उमेश कुमार डाँगी, नेपाली काँग्रेसका नेता कुमारबाबु अधिकारी, संखुवासभा जिल्ला समन्वय समितिका सदस्य कृष्णकुमार तामाङ, चैनपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष कालीबहादुर लिम्बू लगायत वक्ताहरुले कार्यक्रममा वार्षिकोत्सवको पूर्ण सफलताको कामना गरेका थिए ।


वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक अमृतबहादुर कार्कीले शैक्षिक तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्र.अ. कार्कीले शैक्षिक प्रतिवेदनमा १ करोड ५१ लाख १ सय ७५ रुपैया बराबरको आयव्यय विवरण्रा प्रस्तुत गर्दै विद्यालयमा १३ लाख ३ हजार २ सय १८ रुपैया बचत रहेको समेत वताएका थिए ।
कार्यक्रममा नगरपालिका भित्रका माध्यमिक विद्यालयका छात्र/छात्राहरुको प्रतियोगितात्मक नृत्य प्रतियोगिता समेत आयोजना गरेर कार्यक्रम थप आकर्षक वनाएका थिए । कार्यक्रममा विद्यालयको शैक्षिक उन्नती र भौतिक पूर्वाधारका लागि यहाका समाजसेवीहरुले विद्यालयलाई पर्‍याएको योगदानको कदर गर्दै आजै आधा दर्जन समाजसेवी चन्दादाताहरुलाई सम्मान गरिएको थियो । विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये वीर रत्न वर्ष शिक्षक पुरस्कारबाट रामेश्वर योञ्जन पुरस्कृत भएका थिए ।


यसै गरी लक्षीकी वर्ष शिक्षक पुरस्कारबाट विद्यालयमा कार्यरत मध्ये ९ जना शिक्षकहरु समेत पुरस्कृत भएको कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्मारीन्जे शेर्पाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य ज्ञान बहादुर कार्कीले शुभकामना मन्तव्य दिएको सञ्चालक मोहन कुमार खत्रीले जानकारी दिए । शिक्षक खत्रीका अनुसार हाल कक्षा नर्सरी देखि कक्षा १२ सम्म साधारण धार र प्राविधिक धार सञ्चालन भइरहेको विद्यालयमा ७ सय बढी विद्यार्थीहरु अध्ययनरत छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *