मनोरञ्जन

बरिष्ठ कलाकार मदनकृष्णको छोरीले ल्याइन् ‘पानी छायाँ’

काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सराना श्रेष्ठको स्वरमा रहेको गीत ‘पानी छायाँ’ सार्वजनिक गरिएको छ । गायनमा सरानालाई उनका पिता तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले साथ दिएका छन् ।

गीतकार राजेन्द्र थापा , संगीतकार राजनराज शिवाकोटी रहेको गीतको भिडियोलाई आयोजित कार्यक्रममा देखाइएको थियो । मदन र सरानासँगै हरिवंश आचार्य , राजेन्द्र थापा , दीपाश्री निरौला , केदार घिमिरे , भिडियोका निर्देशक सुव्रतराज आचार्य र कार्यक्रमका होस्ट सन्दीप क्षेत्रीले संयुक्त रुपमा गीतको ‘सिग्नेचर स्टेप’ गरेपछि भिडियो देखाईएको थियो ।

कार्यक्रममा उपस्थितले सरानाको स्वरको तारिफ गरेका थिए । भिडियोमा मदन र सरानासँगै केविश पाण्डे , आर्शिना भट्टराईको पनि अभिनय रहेको छ । भिडियोमा राजिव समरको कोरियोग्रफी रहेको छ भने यसलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् ।

मदनकृष्ण श्रेष्ठ ः गीत गाउने हिम्मत थिएन । तर , मलाइ सबैले गाउ भनेर मैले गाए । एक टेकमै गाए । मेरो छोरीको स्वर मलाइ निकै मन पर्छ । स्वर सफा छ , अनि शब्द उच्चारण क्लियर छ । उसले अक्सर घरमा गुणगुनाउने गर्थ्यो । उसको गीत आउँदा निकै खुसि लागेको छ ।

हरिवंश आचार्य ः सराना बेकार अमेरिका गइन कि जस्तो लाग्छ । किनकी हाम्रो एउटी राम्री गायिका अनि अभिनय गर्न सक्ने नायिका १७ वर्ष अमेरिकामा बसिन । उनको अभिनय र गायनमा राम्रो सम्भावना छ । मदन दाइको रगतमै संगीत छ त्यसैले सरानाको आवाजमामा आफ्नै मिठासछ । त्यो मिठासले सरानालाई अगाडी लग्नेछ ।

सराना श्रेष्ठ ः मैले बुवासँग धेरै पटक गाएकी छु तर अफिसियल रुपमा यो पहिलो रहेछ । राजेन्द्र थापा सरले गर्दा पहिलो पटक गीत गाउने मौका पाए । भिडियोमा आफैले आफुलाई प्रस्तुत गरेको छु । मैले यो गीत ल्याउदै गर्दा जुन माया र सपोर्ट पाएको छु , त्यसमा कृतज्ञ छु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *