मनोरञ्जन

‘कलेज लाइफ’काे ट्रेलर रिलिज

दमक/ बिगत तीन बर्षदेखी दमकमा स्थापित भएर सुचना सम्प्रेषण गर्दै आएको  अनलाइन मिडिया सवाल नेपाल सुचना, मनोरञ्जन र निरन्तर खबरदारी मुलक मिडियाको रुपमा स्थापित गर्ने योजना अनुसार सन्देशमुलक साथै मनोरञ्जनात्मक वेव सिरिजको निर्माण एवं प्रसारण शुरु गरेकाे छ।

युवा पुस्तामा बढ्दो टेलिसिरियलको क्रेजलाइ ध्यान दिइ किशोर किशोरी तथा युवाहरुका समस्याहरुलाइ मनोरञ्जनात्मक रुपमा उठान गरि ती समस्या समाधानको निम्ति विभिन्न जीवनउपयोगी सिपहरु समेत सिकाउने अभिप्रायका साथ ‘कलेज लाइफ’ सिरिजको परिकल्पना गरिएको निर्माण कम्पनिले पत्रकार सम्मलेन गरी जानकारी गराएकाे छ।

वेव सिरिजको ट्रेलर पनि सार्वजनिक गरीएकाे छ। ट्रेलरमा मुख्य कलाकारहरू अभिनय देख्न सकिन्छ। सिरिजकाे मुख्य कलाकारहरु कविता चापागाईं, बिमला तामाङ, सोनिया न्यौपाने, मिना न्यौपाने, केदार बाबू पौडेल,सस्मित राणा मगर,दिपक खरेल,मनिष भट्टराई, मनोज गौतम र धिरज खतिवडा रहेका छन । सुवास सुवेदीकाे लेखन तथा निर्देशन रहेकाे याे सिरिजकाे निर्माता केदार बाबू पौडेल, काश्मिरा राई र सुवास सुवेदी हुन।

https://youtu.be/Lc-XgGyytYY

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *